शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...

कटुवा पेस्तोल लगायतका हतियारसहित...

काठमाडौँ,१६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा...

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...

दुर्गा प्रसाईंलाई हतियार राख्न...

काठमाडौं,१६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन...
23.1 C
Kathmandu
34.8 C
Birgunj

सरकारले थाल्यो तुरुन्त फिल्डमै नतिजा थाहा पाउने एन्टिजेन विधिबाट कोरोना परीक्षण

सिफारिस

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले नयाँ विधिबाट परीक्षण सुरु गरेको छ। धेरै जनाको परीक्षण गर्न सकिने र नतिजा पनि आधा घण्टामै आउने एन्टिजेन विधिबाट जाँच सुरु गरिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

- Advertisement -

यो विधिबाट कोरोना परीक्षण गर्दा नाक र घाँटीबाट स्वाब लिएपनि प्रयोगशाला विना फिल्डमै नतिजा हेर्न सकिने महाशाखाका निर्देशक डा.सुदेव पाण्डेले जानकारी दिए ।

यो विधिबाट सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कारोनो संक्रमित छ भन्ने भन्ने थाहा हुन्छ।

- Advertisement -

सोमबारबाट काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँबाट यो विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ । महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको डा.पाण्डेले बताए ।

उपत्यकामा अब हरेक दिन ५ सय जनाको यो विधिबाट परिक्षण गरिने र प्रभावकारी देखिए देशभर सञ्चलान गरिने तयारी छ । यो निःशुल्क परीक्षण अभियान हो ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार