मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
23.3 C
Birgunj

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

  • 191
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष हरीनारायण चौधरीले शिलान्यास गर्नुभएको हो ।

- Advertisement -

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले आफ्नो गाउँपालिकाले पनि स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर बिकास निर्माणका कार्यहरुलाई तिब्रता दिइरहेको बताउनुभयो । साथै आगामी दिनमा अस्पतालको निर्माण सम्पन्न भएसँगै उपचारको लागी वीरगञ्ज धाउनुपर्ने तथा भारत तथा अन्य क्षेत्रमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

- Advertisement -Trulli

बहुवर्षिय योजनाअनुसार २ वर्षभित्र निर्माण सम्पन्न हुने अस्पतालको लागत १० करोड ८३ लाख रुपैया रहेको छ । शिलान्यास कार्यक्रममा गाउँपािलका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादब, इन्जिनियर प्रदिप चौरसिया, वडा न. २ का अध्यक्ष विजय गैरे, वडा न. १ का फरमान मिया अन्सारी, उर्जाशाखाका निर्मल सिँह, राजस्व शाखाका बिरेन्द्र चौधरी लगायतको सहभागिता रहेको थिाये ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -