शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

विश्व एड्स दिवस वीरगञ्जमा पनि मनाइयो, लैंगिक हिँसा नगर्ने भन्दै सहभागीहरुद्वारा हस्ताक्षर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १६ मंसिर । ३३ औँ विश्व एड्स दिवस आज एक कार्यक्रमका विच वीरगञ्जमा पनि मनाइएको छ ।

- Advertisement -

वीरगञ्ज महानगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा आयोजित कार्यक्रमका बक्ताहरुले एच आई भि संक्रमितहरुलाई माया र सद्भाव दिनुपर्नेमा जोड दिएका थिए ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको सभापतित्वमा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्, प्रमुख प्रहरी उपरिक्षक गङ्गा पन्त, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्की, स्वास्थ्य शाखाका संयोजक अरुण कुमार महतो, महानरपालिकाका कानुनी सल्लाहकार कमलमोहन पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -

सोही अवसरमा लैङ्गिक हिँसा विरुद्ध १६ दिने अभियानअन्र्तगत सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे बक्ताहरुले महिलालाई मात्रै नभए पुरुषमाथि पनि लैंगिक हिँसा हुने कुरा औल्याएका थिए । साथै हिँसाको अन्त्य गर्न नसकिने तर निर्मुल गर्न सकिनेतर्फ बक्ताहरुको जोड थियो ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख सरावगीले सामाजिक परिवर्तनले मात्रै महानगरको विकास सम्भव रहेको बताए । उनले जबसम्म समाजको विकास हुदंैन तबसम्म कुनैपनि क्षेत्रको विकास सम्भव नभएको भन्दै महानगरवासीको स्वास्थ्य र शिक्षामा बढी केन्द्रीत भएको बताए । समाज शिक्षित भए विकास पनि त्यहि अनुसार हुने बताउदैं समाज रुपान्तरणको लागि शिक्षा अनिवार्य रहेको र त्यसको लागि सचेतना महत्वपूर्ण पाटो रहेको बताए । शिक्षित समाजमा नै हिंसा शून्य हुने भएकोले हिंसा अन्त्यको लागि शिक्षा र सचेतना आवश्यक भएको बताए ।

म हिँसा गर्दिन, म हिँसा सहन्न र देखेमा प्रतिकार गर्छु, आवाज उठाउँछु, लैङ्गिक हिँसा अन्तयका लागी सबै जुटौँ कोही नछुटौ भन्ने प्रतिबद्धता जनाउँदै सहभागीहरुले हस्ताक्षर समेत गरेका थिए ।

वीरगञ्ज महानगरपालिका र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा वीरगञ्ज पर्साको आयोजनामा भएको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी माधुरी महतोले गर्नुभएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार