मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
22.3 C
Birgunj

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासलाई स्थानीयहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

- Advertisement -Trulli

सोही सूचनाको आधारमा अस्थाई प्रहरी छेदिचौक बाट गएको टोलीले अभियुक्त दासलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए । निजलाई आवश्यक कार्वाहीको लागि आजै जिल्ला अदालत गौरमा हाजिर गराउने एसपी शाहले जानकारी दिएका छन् ।

आरोपी दास गत बैशाख ७ गते राती कटहरिया नपा वडा नं१ भसेडवा बस्ने सन्दिप यादवलाई कुटपिट गरी ज्यान मारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -