मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
23.3 C
Birgunj

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

  • 5
    Shares

सिफारिस

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

- Advertisement -

अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए। आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप घनीभूत छलफल भोलिदेखि सुरु हुनेछ । अर्काे बैठक बुधबार दिउँसो १ बजे फेरि बस्नेछ ।

- Advertisement -Trulli

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा बेग्लाबेग्लै प्रतिवेदन सचिवालयमा पेश गरेका थिए।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -