मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
23.3 C
Birgunj

बीरगन्जको अपौनीमा खेलमैदानको निर्माण सम्पन्न, सांसद यादबले गरे उद्घाटन

  • 208
    Shares

सिफारिस

बीरगञ्ज १७, मंसिर । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबको संसदीय विकास कोषबाट हरपतगञ्जमा खेलुकद मैदानको निर्माण कार्य सम्पन्न भएको छ ।

- Advertisement -

वीरगञ्ज महानगरपालिका वडा न. २० हरपतगञ्ज अपौनिमा निर्माण सम्पन्न खेलकुद मैदानको बुधवार एक कार्यक्रमका विच सांसद यादबले उद्घाटन गर्नुभएको छ । संसदीय विकास कोष र वीरगञ्ज महानगरपालिकाको ४० लाखको लागतमा मैदान निर्माण सम्पन्न भएको हो ।

- Advertisement -Trulli

खेल मैदानको उद्घाटन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका यादबले आफुले शिक्षा, स्वास्थ्य, तथा खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो । खेलले व्यक्तिलाई स्वस्थ राख्नुका साथै उसको व्यक्तित्वको समेत बिकास गर्ने भएकाले युवाहरुलाई खेल क्षेत्र तर्फ आकर्षित गर्ने अभिप्रायले पनि खेलकुदको क्षेत्रमा लगानि बढाउनुपर्ने उहाँको धारणा छ ।

आगामी दिनमा पनि उक्त मैदानमा थप आर्थिक लगानी गरेर व्यवस्थित बनाइने र हालको लागी टावर लाईटको व्यवस्था गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष पारस यादव, वडाका नेता, कार्यकर्ता, युवा, खेलाडी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -