मङ्लबार, माघ १३, २०७७

17 C
Kathmandu
22.3 C
Birgunj

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

  • 4
    Shares

सिफारिस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ । मंसिर २० गते दिउँसो १ बजे सचिवालय बैठक बस्ने प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

- Advertisement -

आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको हो ।
आजको बैठकमा ओली अनुपस्थित भएका थिए ।

- Advertisement -Trulli

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए । त्यसको जवाफमा ओलीले मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -