बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
23.1 C
Kathmandu
31.1 C
Birgunj

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो भन्दा आज दुख्दैछन् : रामचन्द्र पौडेल

सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट पेलिएपछि शरीरमा दुखाइ बढ्दै गएको बताएका छन्। बुधबार पुल उद्घाटन गर्न गृह जिल्ला तनहुँ पुगेका नेता पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको थियो ।

- Advertisement -

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता पैडेलले भनेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले भने, ‘हिजोभन्दा आज दुखाइ बढी छ।’ उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन्।
उनले प्रश्न गर्दै भनेका छन् ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।
आज बिहान ११ बजेपछि उक्त पुल उद्घाटन गर्ने पौडेलले बताएका छन्। पुल उद्घाटन नेकपा नेताबाट हुनुपर्ने भन्दै नेकपाले भने विरोध गरिरहेको छ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार