बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्यको स्वागत तथा सम्मान

  • 109
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १९ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको गत मंसिर १३ भएको निर्वाचनमा विजयी भएका नवनिर्वाचित दुई केन्द्रिय सदस्यलाई बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीले शुक्रबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

- Advertisement -

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको खुला तर्फबाट कार्यकारणी सदस्यमा निर्वाचित भएका बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र वस्तुगत संघ संस्थाबाट कार्यकारणी सदस्यमा निर्वाचित भएका संघका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्तालाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेका हुन् ।

- Advertisement -Trulli

बीरगन्ज उद्योग वाणिज्य संघमा भएको सो स्वागत तथा सम्मान कार्यक्रममा फुलमाला र अविर टिका लगाई स्वागत तथा सम्मान गरिएको छ । बीरगन्ज उद्योग वाणिज्य संघका कर्मचारीहरुले निर्वाचित दुई केन्द्रिय सदस्यलाई सामुहिक रुपमा स्वागत गरेका हुन् । भएको अवसरलाईसमारोहका बीच स्वागत तथा सम्मान कार्यक्रम तस्विरमा ।

यसअघि, गत शनिबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार बीरगन्ज उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष गोपाल केडिया तथा वरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -