काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
गत मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।


सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गरेको भएपनि ओली सहभागी हुने–नहुनेबारे अन्योलता कायमै रहेको छ । बैठकअघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् ।
आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए भने मंसिर १३ को बैठकमा ओलीले जवाफ पेस गरेका थिए ।