मङ्लबार, माघ १३, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार प्रोत्साहन

  • 6
    Shares

सिफारिस

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।

- Advertisement -

गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् ।

- Advertisement -Trulli

“सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौं, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छौं,” रानाले भनिन् ।

म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले विभिन्न वडाका ३० महिलाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । घरमा हुने सुत्केरीलाई शुन्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको घिमिरेले बताए । रासस

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -