बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौँ संस्करण आजदेखि सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को अठारौँ संस्करण आज बिहीबारदेखि सुरु हुँदैछ । कोभिड १९ को कारण भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलमा ५ दिन अर्थात आइतबारसम्म चल्नेछ ।

- Advertisement -

१५ मुलुकका १८ वटा फिल्म यो पटक फेस्टिभलमा प्रदर्शनका लागि छानिएका छन् । त्यसबाहेक नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्महरु पनि देखाइनछ ।

फिल्म फेस्टिभलको क्रममा फिल्मकर्मी र वक्ताहरूसित भर्चुअल अन्तक्र्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय फिल्महरुमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक बिषयबस्तु समेटिएका छन् भने नेपाल पानोरामा फेरि एक पटक प्रतिभाशाली युवा नेपाली फिल्मकर्मीको प्रस्तुति देख्न पाइनेछ ।

- Advertisement -

किम्फको सुरुवात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याङ्ग्स एन्ड अ मुस्टयाच’को प्रदर्शनबाट हुनेछ । यस चलचित्रको पूरै छायांकन नेपालमै भएको हो । उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन समेत दिने कार्यक्रम रहेको छ ।

डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरु माझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ । दिवंगत लेखक पिटर कार्थकको हिमाल किताबद्धारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ ।

फेस्टिभलमा तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनौट गर्नेछ । छनौट भएका फिल्मलाई पुरस्कृत समेत गरिनेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार