बिहिबार, फाल्गुन २०, २०७७

17 C
Kathmandu
23.2 C
Birgunj

पर्सामा पसलेले लिए ग्राहकको ज्यान

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २८ मंसिर । पर्सामा एक पसलेले आक्रमण गरी ग्राहकको ज्यान लिएका छन् । उधारो लिएको रकम समयमा फिर्ता नगरेको आक्रोशमा पसलेले युवकमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाईते भएका सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ सथवल निवासी २४ बर्षिय उमेश ठाकुरको उपचारको क्रममा मृत्यु भएकोे छ ।

- Advertisement -

आक्रमण गर्ने पटेर्वा सुगौली गाउँपालिकाको रंगपुर टाडी निवासी ३० बर्षिय आनन्द दास थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत मंसिर २४ गते थारुको आक्रमणबाट घाईते भएका ठाकुरलाई उपचारका लागि बीरगन्जस्थित एलएस न्युरो अस्पताल ल्याइएको थियो । उपचारका क्रममा ठाकुरको शनिबार ज्यान गएको आफन्त शुभनारायण ठाकुरले बताए ।

- Advertisement -Trulli

आक्रमण गर्ने थारु रंगपुरमा नास्ता पसल सञ्चालन गर्छन् । मृतक थारुले उनको नास्ता पसलमा केही समय अघि उधारोमा खाजा खाएका थिए । उधारो रकम समयमा चुक्ता नगरेको आक्रोशमा पसल सञ्चालक थारुले उनी उपर आक्रमण गरेका थिए ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -