मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

बीरगन्जमा “दि जोकटेल” कार्यक्रम आयोजना हुँदै

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १४ पुष । बीरगन्जमा दि जोकटेल नामक हाँस्यव्यंग्य कार्यक्रम हुने भएको छ । पिडिएल कन्सलटिंग ग्रुप, नेक्नो टेक्नोलोजिज् र युथ्स् अफ बीरगन्जलगायतका संघ संस्थाको आयोजनामा कार्यक्रम हुने भएको हो ।

- Advertisement -

“बीरगन्जले जित्दैछ कोरोना” भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो । बीरगन्जस्थित टाउनहलमा साँझ ५ बजेबाट प्रारम्भ हुने कार्यक्रममा आदर्श मिश्र, सज्जन श्रेष्ठ, अपुर्व क्षितीज सिंह, मनिराज गिरीलगायतका हाँस्य कलाकारहरुले प्रस्तुती दिनेछन् ।

- Advertisement -

कार्यक्रममा प्रस्तुतीका लागि बीरगन्ज आउन लागेका हाँस्य कलाकारहरुको युवा वर्गमा विशेष प्रभाव छ । समसामयिक विषयवस्तुलाई व्यंग्यात्मक ढंगमा प्रस्तुत गर्ने यी कलाकारहरुको प्रस्तुतीका कारण युवा वर्गमा विशेष प्रभाव पर्न गएको हो ।
साथै स्थानिय कलाकारहरुद्धारा सांगितीक प्रस्तुती पनि रहने आयोजकले जनाएका छन् ।

यहि शुक्रबार हुन लागेको कार्यक्रमका लागि तयारी तीब्र पारिएको आयोजक युथ्स् अफ बीरगन्जका सौरभ साहले बताए । उनका अनुसार कार्यक्रमको सबै तयारी लगभग पुरा भईसकेको छ । कोरोना तथा लकडाउनका कारण आजित बनेका यहाँका बासिन्दाहरुका मनोरञ्जनार्थ कार्यक्रम आयोजना गर्न लागिएको साहको भनाई छ ।

कार्यक्रममा सहभागि हुन यहाँका युवावर्गमा विशेष उत्साह देखिएको छ । कार्यक्रममा सहभागि हुन दर्शकले टिकट किन्नुपर्नेछ ।

यसैबिच बीरगन्जमा स्टैण्ड अप कमेडिको वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजक संस्थाहरु मध्ये एक नेक्नो टेक्नोलोजिज्का रवि शंकर साहले जानकारी गराए ।

बीरगन्जबाट स्टैण्ड अप कमेडिमा लाग्न चाह्ने युवाहरुलाई बाध्यकारी रुपमा काठमाण्डौ जानुुपर्ने अवस्थाको अन्त्यका लागि दि जोकटेलको आयोजना गर्न लागिएको साहले बताए । “स्टैण्ड अप कमेडिमा भविष्य खोज्न काठमाण्डौ जानैपर्छ, बीरगन्जमा कुनै विकल्प छैन,” साह भन्छन्,”यहाँ पनि स्टैण्ड कमेडी सम्भव छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस कार्यक्रमको आयोजना गरेका हौ|”

कार्यक्रम आयोजनाका लागि यहाँको समुदाय सँग प्राप्त भईरहेको सहयोगले आफुहरुलाई निकै हर्षित बनाएको साहको भनाई छ । उनका अनुसार कार्यक्रममा यहाँ विभिन्न संघसंस्था जोडिएका छन् । शुक्रबारको कार्यक्रमको लागि कलाकारहरु बिहीबार बीरगन्ज आईपुग्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि टिकटहरु बजारमा सर्वत्र उपलब्ध रहेको आयोजकहरुको भनाई छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -