काठमाडौं । प्रचण्ड–नेपाल समूह नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूले प्रधानमन्त्रीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनेको भनी आएको समाचार प्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले बोल्दै नबोलेको कुरा बोलेको भनी एक सञ्चारमाध्यमले लेखेको भन्दै घोर निन्दा’ गरेका हुन्।
सोमबार धनगढीमा आयोजित कार्यक्रममा उनले गरेको सम्बोधनपछि एक अनलाइनले उक्त समाचार प्रकाशन गरेको थियो।
‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु। त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो,’ उनले भनेका छन्, ‘मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु।’

