सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

मैथिली गीत ‘नैना नुकाकऽ जे तकलौँ’ सार्वजनिक

  • 130
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मैथिली गीत ‘नैना नुकाकऽ जे तकलौँ’ सार्वजनिक भएको छ । OSR Digital यु – ट्यूब चैनल मार्फत च्यानलबाट आईतवार दिउँसो ३:०० बजे गीत सार्वजनिक भएको हो ।

- Advertisement -

गायक नितिन गजुरेल र ज्योती विश्वकर्माको स्वरमा रहेको गीतमा चर्चित युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको छ ।गीतको भिडियोमा देशकै ख्यातीप्राप्त अभिनेत्री अञ्जली अधिकारी र मैथिली सिने जगतको चर्चित युवा फेस मोडेल अशोक आर्यन यादवको प्रेमिल अभिनय रहेको छ।

- Advertisement -Trulli

गीतको सङ्गीत कम्पोज नितिन गजुरेल र सङ्गीत संयोजन राजीव साहले गरेका छन् । गीतको भिडियोलाई प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका छन् ।

बुद्ध थापाले छायाङ्कन गरेको उक्त गीतको ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विष्णु थापाले गरेका छन् । उक्त गीति भिडियोको प्रस्तुति मिथिला अभियन्ता विद्यानन्द वेदर्दीको रहेको छ बने पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरले गरेको हो।

गायक नितिन गजुरेलको यो दोस्रो मैथिली गीत हो । मैथिली भाषाको म्युजिक भिडियोहरुमध्ये ‘नैना नुकाकऽ जेँ तकलौँ तँ प्रीत भऽ गेलै ’ ले गुणस्तरियता समेतलाई ध्यानमा राख्दै सम्पूर्ण प्रेमिल मन भएका श्रोताहरूलाई लक्षित गरेर मैथिली भिडियोको मुहार फेर्न सभ्य, सु-सज्जित सिनहरू राखेर पारिवारिक माहोलमा सुच्चा स्नेहको संचार हुन सक्ने उद्देश्यले यो भिडियोलाई तैयार गरिएको गीतकार विद्यानन्द वेदर्दीले जानकारी दिए ।

उनका अनुसार ‘नैना नुकाकऽ’ मैथिली क्षेत्रमा बढ्दै गएको अश्लीलता हटाउन चाहने निरन्तर प्रयासमा लागेका सामाजिक अभियानमा चिन्तनशील विचारधाराका श्रोताहरूलाई औधी मन पराउने निर्माण पक्षको अपेक्षा छ ।

नेपाली भाषा गीत–सङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाएका र मैथिली जगतमा पहिचान बनाई रहेका कलाकारहरूको सहभागिता रहेको यो मैथिली गीत मैथिली-सिने महलको लागि एउटा भरयाङ्ग थप्ने कार्य गर्ने छ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -