सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

बीरगञ्ज भन्सार नाकाबाट इन्धनको आयात घट्यो, आयात खुम्चिए पनि राजस्वमा बृद्धि

  • 38
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, पौष २१ । अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ ।

- Advertisement -

राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार दर बढाइएपछि आयात खुम्चिए पनि राजस्व बढी उठेको हो । इन्धन भित्रिने मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७÷७८ को ८ महीनामा यो नाकाबाट डिजेल र पेट्रोल दुवै वस्तुको आयात घटेको छ । गत आव २०७६÷७७ को समीक्षा अवधिको तुलनामा आयात र भन्सार घोषणा मूल्य कम देखिन्छ ।

- Advertisement -Trulli

परिमाण र मूल्य घट्दा पनि सरकारलाई आउने राजस्व बढेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनुभयो । सरकारले चालू आवमा डिजेल र पेट्रोलमा पैठारी भन्सार दर बढाएकाले राजस्व सकारात्मक देखिएको प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो । सरकारले यो वर्ष डिजेलको भन्सार दर प्रति किलोलिटर (केएल) १२ हजार रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्षसम्म यो दर २ हजारमात्र थियो । त्यस्तै पेट्रोल आयातमा लाग्दै आएको प्रति केएल १५ हजार २ सय रुपैयाँ भन्सार दर २५ हजार २ सय रुपैयाँ पुगेको आचार्यले बताउनुभयो ।

चालू आवको साउनदेखि मङ्सिरसम्ममा यो नाकाबाट १५ अर्ब ९६ करोड रुपैयाँ बराबरको ३ लाख ६१ हजार केएल डिजेल भित्रिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा ३ लाख ८३ हजार केएल डिजेल आयात हुँदा २४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो । यो वर्ष पेट्रोलको आयात पनि घटेको छ ।

यो नाकाबाट ८ महीनामा १ लाख २९ हजार केएल पेट्रोल आयात भएको छ । आयात मूल्य करीब ४ अर्बले घटेको छ । राजस्व भने १ अर्ब रुपैयाँले बढेको छ । वीरगञ्ज भन्सारबाट गतवर्षको साउनदेखि मङ्सिरसम्ममा ९ अर्ब २७ करोडको पेट्रोल भित्रिएको थियो ।

यो वर्ष तुलना अवधिमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको आएको छ । अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्यमा कमी आए पनि परिमाणमा लिइने राजस्वको दर बढाइएकाले सरकारी आय नघटेको हो ।। ग्यास आयात १७ प्रतिशतले खस्किँदा राजस्व २१ प्रतिशतले गुमेको वीरगञ्ज भन्सारका अधिकारीहरूले बताए ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -