मङ्लबार, माघ १३, २०७७

11 C
Kathmandu
14.4 C
Birgunj

स्पेनिस ला लिगा : मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी। कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ ।

- Advertisement -

बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

- Advertisement -Trulli

बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

३८औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफको ६२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३-२ ले विजयी भयो ।

बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ । बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -