सोमवार, साउन १८, २०७८

26.1 C
Kathmandu
31.4 C
Birgunj

सार्वजनिक हुने तयारीमा ‘फूल’

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २३ पुष । फूल बोलको नेपाली गीत निर्माण सम्पन्न भएर सार्वजनिक हुनका लागि तयार भएको छ । बीरगन्जका युवाहरुको एक समुहले निर्माण गरेको फुल गीतको म्युजिक भिडियो सार्वजनिक हुन लागेको हो । गायक तथा संगीतकार अनुप तिवारीको शब्द, स्वर रहेको गीतमा संगीत पनि तिवारी स्वयम्ले भरेका छन् ।

- Advertisement -

गीतको संगीत संयोजन विवेक परियारले गरेका हुन् । गीतको भिडियोमा युवराज केशरी र सभ्यता गिरी फिचरिंग छन् भने भिडियोको निर्देशन पनि केशरीले नै गरेका हुन् ।

- Advertisement -

भिडियोलाई सभ्यता ईन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो भने र दि टिम प्रोडक्शनले निर्माण गरेको हो । महिला हिंसाका घटनाहरु विरुद्धको आवाजको रुपमा यो गीतको निर्माण गरिएको छ । गीतमा प्रयोग भएका शब्दहरुले हिंसा विरुद्धको भाव बोकेका छन् ।

गायक तथा संगीतकार तिवारीका अनुसार बढ्दै गएको हिंसाका घटनाहरु विरुद्ध जनचेतनाका लागि यो गीतको निर्माण गरिएको हो । देशमा महिला हिंसाका घटनाहरु बढ्दै गएपनि न्याय सम्पादनमा सरकारले प्रभावकारी भुमिका निर्वाह नगरि आन्तरिक किचलोमा व्यस्त हुनुले यस्ता घटनाहरुले प्रश्रय पाएको गायक तिवारीको भनाई छ ।

“मैले लेखेको गीतले हिंसा न्युन गर्दिन्छ नै भन्ने छैन”, तिवारी भन्छन्, “यो एउटा प्रयास, न्यायका लागि आवाज नउठाउनेहरुका विरुद्ध।”

गीतको भावलाई आत्मसात गर्दै भिडियोको निर्माण गरिएको मोडेल युवराज केशरीले बताए । भिडियोमा गीतलाई न्याय गर्ने प्रयास गरेको केशरीले बताए । फूल चाँडै सार्वजनिक हुने जनाइएको छ ।

No description available.

No description available.

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -