काठमाडौं। चन्द्रागिरी हिल्सले आज (शुक्रबार) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । कम्पनीले गत मंसिर १७ गतेबाट आयोजना प्रभावित सर्वसाधारणलाई सेयर जारी गरेको थियो।
त्यो सेयर पूरै बिक्री भएपछि कम्पनीले सर्वसाधारणलाई पनि सेयर दिन लागेको हो। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ। आवेदन पुस २८ गतेसम्म दिइसक्नु पर्छ। कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गर्न लागेको हो।


यसमध्ये ६१ हजार ३६४ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिने छ। ७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई दिने छ। अनि बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा मात्र सर्वसाधारणले दाबी गर्न पाउने छन्।