बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

प्रदेश २ : क्रिकेट खेलाडी सिंहको निधन

  • 1
    Share

सिफारिस

रजतhttps://nepalpostdaily.com/
जति बुझ्न खोज्दा पनि बुभ्न नसकिने जीवन ! जति निहाल्दा पनि देख्न नसकिने क्षितीज ! आखिर , महसुस गर्न पक्कै सकिन्छ ! जस्तो दृष्टि, उस्तै सृष्टि !

- Advertisement -

जनकपुरधाम,पौष २६ – राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु-१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको आज बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिएका हुन्। कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो।

- Advertisement -Trulli

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मृगौला फेर्नुपर्ने चिकित्सकले धेरैदिन अघि नै सुझाव दिइसकेका थिए।तर आर्थिक अभावका कारण उनले आफ्नो मिर्गौला फेर्न सकेका थिएनन्, तत्काल ऊनलाई डायलायशिसमा राखिएको थियो ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरमा कुन्दन बचाउ अभियानसमेत चलाएर युवाले करिब सात लाख रुपैयाँ संकलन गरी कुन्दनको उपचारमा सहयोग पुर्याएका थिए । कुन्दनको निधनले क्रिकेट जगतमा अपुरणीय क्षति पुगेको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले बताएका हुन्।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -