सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

झापाका दुई प्रदेश सांसदसहित ७ नेता वामदेवको अभियानमा

  • 2
    Shares

सिफारिस

काठमाडौं । झापाका दुई प्रदेश सभा सदस्यसहित ७ नेता उपाध्यक्ष वामदेव गौतमले सुरु गरेको एकता अभियानमा लागेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लाका उनीहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूहरु पार्टी एकताका लागि दबाब सिर्जना गर्ने अभियानमा लागेको बताएका हुन्।
प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, स्थानीय नेताहर प्रकाश भण्डारी, बन्धनकुमार मण्डा, पुष्प गरागाईं, रामकुमार राई र माधव अर्यालले नेकपामा अहिले आएको संकट वैचारिक र राजनीतिक नभई केही नेताहरुको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षका कारण आएको बताएका छन्।

- Advertisement -

अहिलेको अवस्थामा जुनसुकै समूहमा लागे पनि परिवर्तनको सपना सजाएका जनतालाई धोका दिनु भएको बताउँदै आफूहरु पार्टी विभाजनको पक्षमा नलागि एकताको पक्षमा लाग्ने उनीहरुको भनाइ छ।

- Advertisement -Trulli

उनीहरुले विभाजनको पक्षमा नलागी एकताको पक्षमा लाग्न समेत सबै नेता कार्यकर्तामा अपिल गरेका छन्।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -