मङ्लबार, माघ १३, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई निलम्बन

  • 3
    Shares

सिफारिस

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको छ । सो समूहले निलम्बनको निर्णय कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको पत्र दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

- Advertisement -

प्रचण्ड–नेपाल पक्षका संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाएको छ।

- Advertisement -Trulli

दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको प्रचण्ड नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुख्यमनत्री शेरधन राईविरूद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको थियो।

लगत्तै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका थिए। त्यसपछि प्रचण्ड–नेपाल समूहले प्रमुख सचेतक लगायतलाई हटाएको घोषणा गरेको थियो।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -