सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

१ हजार गर्लफ्रेन्ड भएका व्यक्तिलाई यौन अपराध गरेको आरोपमा १ हजार ७५ वर्ष जेल सजाय

  • 6
    Shares

सिफारिस

काठमाडौं । टर्कीमा एक टेलिभिजनकर्मीलाई यौन अपराधको आरोपमा अदालतले १ हजार ७५ वर्ष जेल सजाय सुनाएको छ।

- Advertisement -

अदालतले ६४ वर्षीय आदनन अक्तरलाई बलात्कार, यौन हिंसा, नाबालकको यौन शोषणलगायतका अभियोगमा दोषी ठहर गरेको हो। अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ।
अक्तर यौन अपराधसँगै सन् २०१६ मा कूको प्रयास गरेको मुस्लिम समूह फेतुल्लाह गुलेन सँगको साँठगाँठमा पनि दोषी पाइएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

- Advertisement -Trulli

सुनुवाइका क्रममा अक्तरले आफ्ना झन्डै एक हजार जना गर्लफ्रेन्ड भएको बताएका थिए। ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ। प्रेम मान्छेको गुण हो। यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए। अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे।

सन् २०१८ मा इस्तानबुल प्रहरीले छापा हानेर उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो। उनले सन् २०११ मा अनलाइन टेलिभिजनको स्थापना गरेका थिए। बलात्कार अभियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि जफत गरेको छ। एजेन्सी

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -