सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

संसद विघटन असंवैधानिक छ तर चुनावकालागि तयार छौँ ःविमलेन्द्र निधि

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२८पुष । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटन असंवैधानिक रहेपनि निर्वाचन भने संवैधानिक रहेको बताएका छन् ।

- Advertisement -

निर्वाचन संवैधानिक रहेकाले काँग्रेस निर्वाचनमा जान समेत तयार रहेको नेता निधिले बताएका हुन् । नेपाल प्रेस युनियनले आज जनकपुरस्थित काँग्रेसको पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश, जनता, प्रणाली र संविधान रक्षाकालागि निर्वाचनमा जान देश र जनतालाई तयार रहनुपर्ने उनले बताए ।

- Advertisement -Trulli

प्रधानमन्त्री केपी शर्मा ओली, सर्वसत्तावादी, अधिनायकवादी र बर्चश्वादी रहेकाले मुलुक र संविधान बचाउन सबैलाई निर्वाचनमा जान तयार रहनुपर्ने उनको भनाई थियो । ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ ।

त्यसका लागि दुईवटा संवैधानिक बाटो छ । सर्वोच्चद्धारा संसद पुनस्र्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प छैन्, उनले भने, ‘यी दुबै विकल्प संवैधानिक छन् । अहिलेको वर्तमान परिस्थितीमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार हुनुपर्दछ ।’

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन्,’ निधिले थपे ।

नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए ।

उपसभापति निधिले नेपाली काँग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले भने,‘संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -