बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

नया बस्तीमा सडक तथा नाला निर्माणका लागी मेयर सरावगीद्वारा निरिक्षण

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, २८ पौष । बीरगञ्ज महानगरपालिका वडा न. ११ नया बस्तीमा आवश्यक पूर्वाधार निर्माणका लागी मेयर बिजय कुमार सरावगीले स्थलगत निरिक्षण गर्नुभएको छ ।

- Advertisement -

वडा न. ११ को सिर्सिया नदि नजिकैको नया बस्तीमा सडक, ढलान र नाला निर्माण नहुँदा स्थानीयलाई समस्या हुने गरेको थियो । फलस्वरुप स्थानीयलाई समस्याको सास्त खेप्न नदिन तथा समस्याको समाधान गर्ने प्रयासस्वरुप स्थलगत निरिक्षणमा गएको नगरप्रमुख सरावगीले बताउनुभयो ।

- Advertisement -Trulli

महानगरपालिकाको स्रोत साधनलाई परिचालन गरेर सडक ढलान तथा नाला निर्माणको काम केही समयभित्रै शुरुवात गरिने सरावगीको भनाई छ ।

महानगरपालिकाले प्राथमिकतामा राखेको उज्यालो अभियान र पूर्वाधार निर्माणअन्र्तगत नयाबस्तीमा पनि सडक तथा नाला निर्माण गरिने उहाँको भनाई छ ।  अनुगमन टोलीमा जसपाका नेता शिव पटेलसहित पत्रकारको समेत उपस्थिती रहेको थियो ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -