मङ्लबार, माघ १३, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

कोरोना नियन्त्रण गर्न मलेसियामा संकटकाल घोषणा

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,२८ पुष । कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् ।

- Advertisement -

यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्ने जनाइएको छ । संकटकाल घोषणा भएपछि कानूनत संसद् स्वतः निलम्बन हुनेछ । र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन् । सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन् । त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयल ठूलो झट्का दिएको छ ।

- Advertisement -Trulli

‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भएको भेटवार्ता भएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले त्यस कदमलाई अस्विकार गरिदिएका थिए ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -