बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

सशस्त्र प्रहरीद्वारा बीरगन्जबाट ५ लाख मुल्य बराबरको अवैध सामान बरामद, तस्कर फरार !

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सुभाष चौधरी

- Advertisement -

बीरगन्ज,२८ पुष । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले बीरगन्ज महानगरपालिकाकाे वडा नं.२४ र २५ बाट भारी मात्रामा अवैध मालसमान र एक थान मोटर साईकल नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको टोलीले नियमित गस्तीको क्रममा बीरगन्ज वसपार्क, गण्डक चौक तथा ड्राइपोर्ट इलाकाबाट अन्दाजी ५ लाख मुल्य बराबरको चप्पल,किराना आइटम, लहसुन १०० किलो माछा तथा एक थान मोटर साइकल बरामद गरेको जनाएकाे छ ।

- Advertisement -Trulli

सशस्त्र प्रहरीकाे मोबाईल टोलीले सो सामान बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ तस्करहरु समान छाडेर भागेका थिए । बरामद गरिएको समान तथा ना १९ प ८०१३ नम्बरको मोटरसाइकल समेत बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नं गण पर्साले जनाएको छ ।

पटक पटक अवैध सामान नियन्त्रणमा लिएपनि तस्करलाइ पक्राउ गर्न भने प्रहरी असफल रहँदै आएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -