मङ्लबार, माघ १३, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

सखुवाप्रसौनीको छैठौँ गाउँसभा : विभिन्न विधेयक पेश

  • 114
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २८ पुष । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँसभाको उद्घाटन सत्र सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो गाउँसभा तथा गाउँपालिकाको छैठौँ गाउँसभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

- Advertisement -

मंगलबार सखुवाप्रसौनी गाउँपालिकाको वडा नं २ स्थित दिपनारायण आदर्श माविको प्राङ्गणमा सम्पन्न उद्घाटन सत्रमा विभिन्न विधेयकहरु पेश भएका छन् । चालु आर्थिक वर्षको अर्धवार्षिकसम्म खर्च हुन नसकेको विकास तर्फ विनियोजन गरिएको ६० लाख रुपैँया बराबरको योजनाहरु संशोधनका लागि विधेयकहरु पेश भएका हुन् ।

- Advertisement -Trulli

वर्तमान परिपवेशमा देखा परेका विकास निर्माणका कार्यहरु अघि बढाउने उदेश्यले संशोधन विधेयक पेश भएका छन् । स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्ने विधेयक, विभिन्न निति तथा नियमावली सम्बन्धी विधेयक, न्यायिक समितिले न्याय सम्पदान गर्दा आईपरेका समस्या र समाधानको कार्यविधी निर्माणको विधेयक, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारलगायतकाको विकास सम्बन्धी विधेयक गाउँसभामा पेश भएको हो ।

गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवालले उद्घाटन गरेको समारोहमा उपाध्यक्ष फुलमती देवी चौधरीले स्वागत मन्तव्य गरेकी थिईन् । गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जेश कुमार यादव, वडाध्यक्ष विश्वनाथ पटवारी, मियाज अहमद, सलिम मियाँ, जुमाद्धिन अंसारी, रुपलाल यादव, लालबाबु यादवलगायतका कार्यपालिका सदस्य तथा वडासदस्यहरुको सहभागिता रहेको थियो ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -