मङ्लबार, माघ १३, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

चिसोबाट प्रभावित विद्यार्थी तथा थुनुवालाई कम्बल वितरण

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज्,२९पुष । बीरगन्ज्मा चिसोबाट प्रभावित विद्यार्थी तथा थुनुवालाई कम्बल वितरण गरिएको छ । सामाजिक कार्य गर्दै आइरहेको रुँगटा वेयल फेयर सोसाइटीले ५० थान कम्बल वितरण गरेको हो ।

- Advertisement -

सोसाइटीले बीरगन्ज् महानगरपालिका–१० स्थित ‘आमाको माया’ छात्राबासमा रहेका २५ जना विद्यार्थीका लागि ३० थान, वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरमा रहेको थुनुवा कक्षका लागि १०/१० थान कम्बल वितरण गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

- Advertisement -Trulli

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल लगायतले विद्यार्थीलाई कम्बल हस्तान्तरण गरेका थिए ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -