सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

प्रदेश २ मा उद्योग र बालबालिकाको अधिकार सम्बन्धी विधेयक प्रमाणीकरण

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२९पुष । प्रदेश २ मा थप दुईवटा विधेयक प्रमाणीकरण भएको छ ।प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक-अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार एकैपटक प्रमाणीकरण भएको छ ।

- Advertisement -

दुवै विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् ।नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले दुवै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

- Advertisement -Trulli

यो दुवै विधेयक केही महिनाअघि प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रदेश प्रमुखका रुपमा परियार आएपछि उनले यी दुईसहित १६ वटा विधेयक प्रमाणीकरण गरेका छन् । योसँगै प्रदेशमा प्रमाणीकरण हुने विधेयकको संख्या ३८ पुगेको उक्त कार्यालयले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -