बुधबार, माघ १४, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

कोरोना नियन्त्रणका लागि चीनका चार शहरमा लकडाउन

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । चारवटा शहरमा लकडाउन, ठूलो परिमाणमा परीक्षण र संक्रमण रोक्ने प्रयासस्वरुप अन्य उपाय अपनाइए पनि चीनमा पछिल्ला पाँच महिनायता दैनिक कोरोना भाइरस संक्रमणमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । धेरैजसो नयाँ बिरामीहरु राजधानी बेइजिङ नजिकै भेटिएका छन् ।

- Advertisement -

यद्यपि, उत्तरपूर्वी चीनको प्रान्तमा पनि नयाँ संक्रमण वृद्धी भएको देखिएको छ । भाइरसको अर्को लहर आउनसक्ने भयपछि चीनमा २ करोड ८० लाखभन्दा धेरै जनसंख्या होम क्वारेन्टाइनमा छन् ।

- Advertisement -Trulli

नेशनल हेल्थ कमिसनकाअनुसार मेनल्यान्ड चाइनामा कुल १ सय १५ वटा नयाँ संक्रमणका घटना देखिएका छन् । ३० जुलाईपछि सर्वाधिक यति धेरै संक्रमित देखिएको यो पहिलोपटक हो । कमिसनका अनुसार नयाँ संक्रमणमध्ये १ सय ७ वटा घटना स्थानीय संक्रमणका हुन् । बेइजिङ नजिकैको हिवेई प्रान्तमा ९० र हेइलङजियाङ प्रान्तमा १६ वटा नयाँ केश दर्ज भएका छन् ।

विश्व स्वास्थ संगठनका अनुसन्धानकर्ताहरुको टोली कोरोनाको उद्गम थलो खोज्ने क्रममा चीनको उहान सहर आउने तय भएका बेला संक्रमितहरुको संख्या पनि बढ्दै गएको हो । उहानमा २०१९ मा पहिलोपटक कोभिड १९ देखिएको थियो ।

रोकथामको उपाय
हिवेईस्थित तीन शहरहरु सिजियाजुआङ, सिङताई र ल्याङफाङ लकडाउनमा छन् । भाइरसलाई थप फैलनबाट रोक्नका लागि शहरलाई लकडाउन गरिएको हा । हेइलोङजियाङ प्राप्तमा बुधबार कोभिड १९ आपतकाल घोषणा भएको छ । सुईहुवा शहरमा ५२ लाख जनसंख्या लकडाउनमा छन् ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -