मङ्लबार, माघ १३, २०७७

8 C
Kathmandu
11.5 C
Birgunj

बारामा यसबर्ष २ लाख ५३ हजार ३ सय ८९ मेट्रिकटन धान उत्पादन

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैंया,२९पुष । बारामा यसबर्ष अर्थात आर्थिक बर्ष २०७७/०७८ सालमा किसानहरु ५८ हजार २ सय ११ हेक्टर क्षेत्रफलमा चैते, भदैया, अगहनी धान खेतीगरी कुल २ लाख ५३ हजार ३ सय ८९ मेट्रिकटन धान उत्पादन गरेका छन् ।

- Advertisement -

किसानहरुले चैते धान १२ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ४४ मेट्रिकटनले कुल ५३ हजार ३ सय ६ मेट्रिकटन, भदैयाधान ११ हजार ९ सय ३१ क्षेत्रफलमा प्रति हेक्टर ४ दशमलव ६ प्रतिशतको दरले ५४ हजार ८ सय ८२ मेट्रिकटन र अगहनी धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ४ दशमलव २५ प्रतिशतको दरले कुल १ लाख ४५ हजार २ सय १ दशमलव २५ प्रतिशत मेट्रिकटन धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

- Advertisement -Trulli

गत बर्ष २०७६÷०७७ मा कुल ५८ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा चैते, भदैया र अगहनी धान खेती गरिएकोमा उत्पादनको समयमा फौजी किराको प्रकोपको साथै बढी बर्षाका कारणले पनि उत्पादनमा ५० प्रतिशत कमी भई १ लाख ४३ हजार ९२ मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

सो बर्ष किसानहरुले चैते धान १२ हजार १ सय १३, भदैया धान ११ हजार ९ सय ३० र अगहनी धान ३४ हजार १ सय ६३ हेकटर क्षेत्रफलमा धान खेती गरिएको थियो प्रास मण्डलले भन्नुभयो ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -