मस्को । रुसले नेपाललाई कोरोना भाइरसविरुद्ध २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ । समाचार संस्था रोयटर्सका अनुसार रुसले आफूले विकास गरेको स्पुतनिक–फाइभ खोप नेपाललाई उपलब्ध गराउनेछ ।
- Advertisement -
रुसको विदेश मन्त्रालयलाई उध्दृत गर्दै रोयटर्सले लेखेको समाचारमा खोप उपलब्ध गराउनेबारे नेपालसँग सम्झौता भएको पनि उल्लेख छ । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको जनाएको छ । भारतमा स्पुतनिक–भी खोपको परिक्षण गराउने पनि जनाइएको छ ।
- Advertisement -
मंगलबार मात्र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप ल्याउन रुस, भारत र युएइसँग छलफल भैरहेको जनाएका थिए ।
बीरगन्ज, १३ माघ । चिसो तथा शितलहरबाट प्रभावित भएकाहरुलाई दाउरा बाली आगो ताप्ने व्यवस्था गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय...