काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली प्रतिगमनकारी तानाशाह भएको बताएकी छन् । बुधबार प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली प्रतिगमनकारी तानाशाही, स्वेच्छाचारी भएका कारुण आफूले कामरेड भन्न छाडेको बताइन् ।
‘केपी ओलीलाई कमरेड भन्न छाडिसकेकी छु। उहाँ कमरेड होइन अब, उहाँ त प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो’, शाक्यले भनिन्।
उनले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको आरोप लगाइन्।


‘ओलीले हामीले दुःख गरेर बलिदान गरेर ल्याएको संविधानमाथि धावा बोले, संघीयतामाथि, गणतन्त्रमाथि अपहरण र चीरहरण गरेका छन्, त्यस्तो व्यक्तिलाई किन कमरेड भन्नेरु त्यसैले उहाँ तानाशाही नेता हो’, उनले भनिन्।