काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो।
- Advertisement -
जस अनुसार कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
- Advertisement -
उनीहरूमध्ये साह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् । बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन् ।
बीरगन्ज, ११ माघ । बीरगन्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको विभिन्न स्थानबाट संकलित २१...
बीरगन्ज, ११ माघ । ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा एक व्यक्तिले जबर्जस्ती कब्जा जमाएका छन् । शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका...