सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

बीरगन्जमा बाँडियो कम्बल

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २९ पुष । चिसो बढेसँगै स्थानिय संघसंस्थाहरुले कम्बल वितरण अभियानलाई तीब्रता दिएका छन् । विगत केहि दिनदेखि तराई-मधेस क्षेत्रमा बढ्दै गएको चिसो र शितलहरलाई मध्यनजर गर्दै ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले बीरगन्जमा कम्बल बाँडेका हो ।

- Advertisement -

रुङ्गटा वेफयर सोसाईटीको सहयोगमा ग्रीन सिटीले बीरगन्ज महानगरपालिका वडा नम्बर १० को बजरङ्ग टोलस्थित आमाको माया छात्रावास, वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरमा कम्बल वितरण गरेको हो ।
आमाको माया छात्रावासमा रहेका २५ जना बालबालिकाहरुका लागि केन्द्रले रुङ्गटा वेलफेयर सोसाईटीको सहयोगमा ३० थान कम्बल वितरण गरेको थियो । त्यसैगरी वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरमा रहेको थुनुवा कक्षका लागि १०÷१० वटा कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

- Advertisement -Trulli

कम्बलहरु पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल, मनोजित कुँवरलगायतले हस्तान्तरण गरेका थिए । केन्द्रका अध्यक्ष खेतनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक राजेश राज पुरी, दीपक साह, विपद व्यवस्थापन गुल्म प्रदेश नम्बर १ वीरगञ्जका प्रहरी उपरीक्षक सरोज प्रजापति, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खड्का,  महानगरपालिका सरसफाई शाखाका प्रमुख सर्फुद्धीन मियाँ, असराज अलिलगायतको उपस्थिति रहेको थियो ।

रुङ्गटा वेलफेयर सोसाईटीले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा समय(समयमा आवश्यकता अनुसार कम्बल, साडी, खाद्या सामग्रीलगायत सहयोग गर्ने गरेको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -