सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

दलित बस्तीमा डोजर चलेपछि…

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २९ पुष । बीरगन्जस्थित नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीमा डोजर चलेपछि स्थानियहरुको विचल्ली भएको छ । बीरगन्ज महानगरपालिकाको वडा नम्बर २१ परवानीपुर स्थित रहेको रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमाथि डोजर चलेपछि उनीहरुको विचल्ली भएको हो ।

- Advertisement -

अन्यत्र बाँसस्थान सुनिश्चित नगरि घर भत्याईएको भन्दै पिडीत स्थानियहरुले बुधबार बीरगन्जमा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनीहरुले पुर्बाग्रही ढँगले वडाध्यक्षकै मिलेमतोमा केही घरहरुलाई मात्र भत्काएर आफुहरुलाई घर न घाटको बनाइएको गुनासो गरेका छन । घर भत्काईएपछि आफुहरु अहिले रोडमै त्रिपाल टाँगेर बस्नु पर्ने बाध्यता आएको पिडीत गिरिजा देब रामीले बताउनुभयो ।

- Advertisement -Trulli

वर्षौदेखि रेल्वेको जग्गामा बसोबास गर्दै आए पनि अहिले अचानक घर भत्काई दिदा बाल बच्चा सहित चिसोको मौसममा घरबार बिहीन बनेको उहाँले दुखेसो पोख्नुभयो । आफनो बुहारीको साना साना तीन वटा नानीहरु भएकोले घर भत्किएपछि थप पिडा माथि पिडा थपिन पुगेको गिरिजाको भनाई छ । आफनो सासु ससुरा पनि पहिले देखि सोही रेल्वेकै जग्गामा बस्दै आएको र पछि आफुहरु पनि त्यही जग्गामा घर बनाएर बसेपनि अहिले आएर घर भत्काई दिनाले कता बस्न जाने भनेर चिन्ताले सताएको अर्की पिडित उर्मिला क्षेत्रीले बताईन ।

घर भत्काउने परेको खण्डमा पहिले सुचना दिनुपर्ने भएपनि त्यस्तो नगरि घर भत्काइएपछि घरको समस्याले खान लाउन समेत धौ धौ परेको उनको पिडा छ । क्षेत्रीले आफुमात्रै सो ठाउँमा बसेको २५ बर्ष भन्दा बढी भईसकेको दाबि गरिन् । यसरी दलितहरुको बस्तीमा वडाध्यक्षले नै डोजर चलाउन लगाएपछि आफुहरुको घर पनि डोजरले भत्काईने भन्ने चिन्ताले सताउन थालेको पत्रकार सम्मेलनमा सहभागी रेल्वैकै जग्गामा बसोबास गर्दै आएका रामदेव रामले बताए ।

उनले आफुहरुको घरमा पनि डोजर लगाएर भत्काउने भनि जनप्रतिनिधीहरुबाटै धम्की आईरहेको जानकारी दिए । केही दिन अघि वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँकै उपस्थितीमा रेल्वेको जग्गामा बर्षौदेखि घर बनाएर बस्दै आएका १२ जनाको घर माथि प्रशासनले डोजर चलाएको थियो । डोजर लगाएर त्यहाँ भएका एक दर्जन घरहरु भत्काएपछि त्यहाँ बस्दै आएका १२ जना घर परिवारहरु अहिले बिचल्लिमा परेका छन् ।

पुस्तौ पुस्तादेखि सोही जग्गामा नै घर बनाएर बसोबास गर्दै आएको जग्गामा डोजर लगाएर आफुहरुको घर भत्काएपछि अहिले खाने बस्ने चिन्ताले सताएको त्यहाँ बस्दै आएको पिडितले बताएका छन् । उनीहरुले कुनै पर्व सुचना नै नदिई वडाध्यक्ष मियाँले अचानक डोजरसहित आएर घर भत्काउन लगाएको आरोप लगाएका छन् ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -