सोमवार, माघ १२, २०७७

7 C
Kathmandu
12.5 C
Birgunj

गुल्मीमा झारफुकको बहानामा रड, प्लाष्टिक पाइप तताएर डामेपछि एक जनाको मृत्यु

  • 4
    Shares

सिफारिस

काठमाडौं । गुल्मिमा झारफुक गर्न धामी कहाँ गएका एक जना मृत अवस्थामा भेटिएका छन् । रेसुङ्गा नगरपालिका–१, ओख्रेनी तीनधारामा ६४ वर्षीय रामबहादुर मुखिया मृत अवस्थामा भेटिएका हुन् । मुखियाको शरीरमा निलडाम र आगोले पोलेको अवस्थामा शव फेला परेको
गुल्मीका एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

एसपी श्रेष्ठका अनुसार ईश्मा गाउँपालिका–३, दर्लामचौर बस्ने मुखिया ढाड दुख्ने समस्या देखिएपछि धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठको घरमा पुगेका थिए ।

- Advertisement -Trulli

उनीहरुले मुखियालाई झारफुक गराएर निको बनाउने बहानामा शरीरभरि आगोले पोलेको पाइएको उनले बताए ।

मुखियाको मृत्यु भएपछि बुधबार बिहान श्रेष्ठ दम्पत्तिले नै अपरिचित व्यक्तिले घरमा अशान्ति मच्चाएको भन्दै प्रहरी कहाँ उजुरी दिएका थिए । त्यसपछि पुगेको प्रहरीले दुवै जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ ।

मृतक मुखियाका दाइ ३४ वर्षका हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानी बस्ने ४० वर्षकी टोपला दमाई घाइते छन् । उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा पोलेको डाम छ । दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी श्रेष्ठका अनुसार झारफुकको बहानामा उनीहरुले खाना समेत नदिइ आगोमा रड, प्लाष्टिक पाइप तथा स्टिलको झाँजर तताएर शरीरको विभिन्न भाग डामेको पाइएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -