बिहिबार, फाल्गुन २०, २०७७

17 C
Kathmandu
23.2 C
Birgunj

पथलैया-अमलेखगञ्ज सडक खण्डबाट १ पुरुषलाई बाघले तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।

- Advertisement -

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

- Advertisement -Trulli

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

केही समयअघि सोही सडक खण्डमा कारको ठक्करबाट एक बाघको मृत्यु भएको थियो ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -