बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
26.1 C
Kathmandu
40.8 C
Birgunj

अभिनेता वरुण धवन आज दुलाहा बन्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालको आइतबार विवाह हुँदैछ। हिन्दु संस्कृति अनुसार, वरुण र नताशाको विवाह अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा हुँदैछ।

- Advertisement -

भारतीय अखबर प्रेस ट्रस्ट अफ इन्डिया, पिटिआइका अनुसार विवाहमा दुवै पक्षका परिवार र नजिकका साथीहरू उपस्थित भइसकेका छन्। कोरोना महामारी कारण विवाहमा जम्मा ४०-५० जनालाई मात्र निम्तो गएको श्रोतले पिटिआइलाई भनेका छन्।

वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए।हालैमात्र पनि उनले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’मा नताशासँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका थिए। जसमा वरुणले भनेका थिए, ‘नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आस मारिनँ।’

- Advertisement -

वरुणले नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिए। वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे। ११-१२ पढ्दासम्म उनीहरू मिल्ने साथी भए। पछि वरुणले नताशालाई प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकारिनन्।

वरुणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए।

वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको हल्ला अघिल्लो वर्ष खुबै चलेको थियो। यस विषयमा नताशाले त्यसबेला ‘हेल्लो म्याग इन्डिया’ लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘विवाह त गर्ने हो, तर अहिले नै होइन।’

नता‍शाले यसो भनेको झन्डै वर्षदिन पछि उनीहरूको लगन गाँठो सन् २०२१ को जनवरी २४ मा गाँसिदैछ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार