बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

पर्सामा थपिए १२ हजार ४ सय मतदाता

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ माघ । पर्सामा स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएका छन् । निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा फोटोसहित मतदाता नामावली संकलन कार्य जारी राखिएको थियो ।

- Advertisement -

माघ ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन र नयाँ निर्वाचनको घोषणा गरेपछि ६ गतेबाट मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । वि.स. २०७४ सालमा पर्सामा २ लाख ८९ हजार ५४ मतदाता रहेकोमा अहिले ३ लाख १ हजार ४ सय ७३ जना पुगेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।माघ १५ गते देशभरिका सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली प्रकाशित हुँदैछ ।

- Advertisement -Trulli

मतदाता नामावलीमा कुनै मतदाताको विवरणमा त्रुटि भएमा सच्याउने र कसैको नाम दोहोरो भएको, मृत्यु भएको वा अन्य कारणले नाम हटाउनुपर्ने भएमा उजुरी दिन माघ १६, १७ र १८ गतेको समय तोकिएको छ ।मतदाता संख्या बढेसँगै जिल्लामा मतदान केन्द्र पनि थपिएको छ ।

बैशाख १७ र २७ गते हुन लागेको संसदीय निर्वाचनको लागि पर्सामा ३ सय ६१ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।यसअघि पर्साको १४ स्थानीय तहमा १ सय ६७ वटा मतदान स्थल र ३ सय ५१ वटा मतदान केन्द्र रहेकामा अब मतदान केन्द्रको संख्या ३ सय ६१ पुगेको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -