बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

ठाकुररामकाे जग्गामा व्यक्तिकाे कब्जा !

  • 5
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ माघ । ठाकुरराम बहुमुखी क्याम्पसको १५ धुर जग्गा एक व्यक्तिले जबर्जस्ती कब्जा जमाएका छन् । शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्वकर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएको खुलेको हो ।

- Advertisement -

क्याम्पस प्रशासनले पटकपटक क्वार्टर खाली गर्न पत्राचार गर्दा पाण्डेले आफ्नो नाममा रहेको लालपुर्जा देखाउने गरेका छन्। जग्गा निजी व्यक्तिका नाममा कसरी नामसारी भयो भनेर क्याम्पसले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो।मालपोत कार्यालय पर्साले उक्त लालपुर्जामा उल्लिखित जग्गाको अभिलेख कार्यालयमा नरहेको जवाफ दिएको थियो।

- Advertisement -Trulli

मालपोत कार्यालयलाई क्याम्पसले गरेको पत्राचारका आधारमा मालपोत कार्यालयको मुद्दा शाखाले समेत उक्त नामको जग्गा अभिलेखमा नदेखिएको भनेर लिखित जवाफ दिएको छ भने मोठ भिडाउने शाखाले विवरण कम्प्युटरमा नदेखिएको जवाफ दिएको छ ।नापी शाखाबाट पनि फिल्डबुक निकाल्दा उक्त जग्गा कुनै व्यक्तिका नाममा नदेखिएका कारण पाण्डेले फर्जी लालपुर्जा तयार पारेको पुष्टि भएको क्याम्पस प्रशासनको भनाइ छ।

यसबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिँदासमेत कारबाही प्रक्रिया अगाडि नबढेको र पाण्डेले पनि क्वार्टर खाली नगरेको क्याम्पस सामान्य प्रशासन शाखा प्रमुख गीताकुमारी श्रेष्ठले जानकारी दिइन्।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले क्याम्पसबाट आएको उजुरीमा लालपुर्जा छानबिनबारे नभई क्वार्टर खाली गराउन सुरक्षा प्रदान गरिदिने उल्लेख भएको बताए। फर्जी लालपुर्जा तयार पारिएको भनेर जानकारी आएकाले तत्काल छानबिन प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -