मङ्लबार, चैत्र ६, २०८०
Tue, March 19, 2024

बागलुङको निसीखोलामा बस ...

काठमाण्डौ - बागलुङको निसीखोलामा बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ...

आइसिसी अध्यक्ष नेपालमा :...

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्क नेपाल भ्रमणका लागि आएका...

आज – ०६ चैत्र...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दाम, इनाम...

एमालेका सरोज यादव लिए...

जनकपुर,०५ चैत । मधेश प्रदेश सरकारमा एमालेका सरोज यादव मन्त्री पदमा नियुक्ता भएका...
21.1 C
Kathmandu
32.6 C
Birgunj

कुटपिट गरी हत्या, जलाउँदै गरेको अवस्थामा शव बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२माघ । कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

- Advertisement -

हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ ।

पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा रहेका छन् । रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

- Advertisement -

४ दिन अघिको घटनामा अनुले बबितालाई मोबाइल चोरी गर्ने अभियोगमा कुटपिट गरेकी थिइन् । सोही कुटपिटबाट घाइते भएकी बबिता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन् । उनको शनिबार नै मृत्यु भएको थियो ।

घटनापछि रबि र अनुले उनको शव अन्त्येष्टि गर्न खोजेका थिए । आइतबार मृत्यु भएकै ठाउँमा बबिताको शव जलाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार शुरुमा रविले खाल्डो खनेर श्रीमतीको शव पुर्न खोजेका थिए । तर, त्यो कुरा सम्भव नभएपछि उनले मृत्यु भएकै ठाउँमा शव जलाएका थिए । जलाएको शवको केही भाग मात्र फेला पारिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

‘कुटपिटबाट बबिताको टाउको र अनुहारमा चोटपटक थियो, उनको उपचार भएन, शनिबार उनको मृत्यु भएको थियो,’ प्रहरीले भन्यो । मृत्यु भएपछि रविले प्रहरीलाई खबर गरेनन् । रवि र बबिता पशुपति क्षेत्रमा मिस्त्रीको काम गर्ने गरेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार