शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

नेपाल भारत सीमा क्षेत्रका साझा समस्यालाई मिलेर समाधान गरौँ : मुख्यमन्त्री राउत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सीमा क्षेत्रका साझा समस्यालाई दुवै देशले मिलेर समाधान गर्दै अगाडि बढेमा नेपाल र भारतको पारस्परिक सम्बन्ध अझै मजबुत हुने कुरामा जोड दिनु भएको छ ।

- Advertisement -

भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा आज बीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सदिऔँ देखी नेपालसँग भारतको रोटी बेटीको मात्र नभई जनजनको सम्बन्ध रहेको बताउनु भयो ।

उहाँले नेपाल भारतको सम्बन्ध धार्मिक, सांस्कृतिक एवं पारिवारिक समेत रहेको हुँदा यसलाई समय अनुकूल थप मजबुत र प्रगाढ बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

- Advertisement -

नेपाल भारतको सम्बन्धलाई सीमाले रोक्न नसकेको बताउँदै सीमा क्षेत्रका बासिन्दाको जीवनस्तर माथि उकास्न दुवै देशको सामूहिक प्रयास हुनु पर्ने कुरामा मुख्यमन्त्री राउतले जोड दिनुभयो ।

उक्त अवसरमा महावाणिज्य दूत नितेश कुमारले भारतका राष्ट्रपति रामनाथ कोविंदको शुभकामना सन्देश वाचन गर्न भएको थियो ।

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, निवर्तमान सांसद प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, प्रदेशसभा सदस्य रमेश पटेल, करिमा वेगम, भिमा यादव, सिंघासन कलवार लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी अतिथिहरूले संयुक्त रुपमा बेलुन उडाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार