बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

बारा : सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, १३ माघ । बारामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको ज्यानगएको हो ।

- Advertisement -

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा न. ९ छातापिपरा भित्री सडकखण्डबाट बीरगन्ज–पथलैया सडकखण्डस्थित छातापिपराबाट निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल बीरगन्ज ल्याइएको थियो ।

- Advertisement -Trulli

उपचारको क्रममा उनको राति ८ बजेर १० मिनेटमा निधन भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।

त्यसैगरी, बीरगन्ज–कलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ४८ वर्षीय निर्मला देवी सोनार घाइते भएकी हुन् । सोमबार साँझ कलैयातर्फ जाँदै गरेको ना.२ त.२८२८ नं. को ट्याक्टरले पैदल हिँडिरहेकी निर्मलालाई ठक्कर दिँदा टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागि उनी घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि नरसिंह अस्पताल कलैयामा पठाइएकोमा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक बारा प्रसौनी गाउँपालिका–५ बन्जरीया टोल बस्ने २२ वर्षीय मनोज कुमार राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -