बिहिबार, फाल्गुन २०, २०७७

15 C
Kathmandu
18.8 C
Birgunj

भन्सार छलीका चौपाया बरामद

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट, १३ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले राजश्व छली गरेर ल्याउदंै गरेको अवस्थामा १० वटा भैंसी र पाडो बरामद गरेको छ । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरमा भारतबाट राजश्व छलेर अवैध तरिकाले भित्र्याउन खोजिरहेको अवस्थामा ८ वटा भैंसी र २ वटा पाडो रौतहट प्रहरीले बरामद गरेको हो ।

- Advertisement -

जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार अर्थात राजश्व छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मंगलबार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको गस्ती टोलीले भैंसी र पाडो बरामद गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -Trulli

प्रहरीले चौपाया नियन्त्रण गरे पनि उनीहरुलाई धपाएर ल्याउने तस्करहरुलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरीका अनुसार तस्करहरु प्रहरीलाई देख्नसाथ चौपायाहरुलाई छाडेर फरार भएका थिए ।

नियन्त्रणमा लिईएको चौपायाहरुको अनुमानित मूल्य अढाई लाख बराबर रहेको प्रहरीले जनाएको छ । चौपायाहरुलाई रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

थप समाचार

- Advertisement -