शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

क्यान महासंघ पर्साको तेस्रो साधारण सभा सम्पन्न

सिफारिस

बीरगन्ज —  कम्प्युटर एशोसिसन नेपाल महासंघ पर्साको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ । महासंघको जिल्ला कार्यसमिति अध्यक्ष दिपक साहको सभापतित्वमा सुचना र सञ्चारको क्षेत्रमा काम गर्दै आएको क्यान महासंघको तेस्रो साधारण सभा सम्पन्न भएको हो ।

- Advertisement -

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल तेल, चामल दाल उद्योग संघका केन्द्रिय अध्यक्ष एवम् बरिष्ठ उद्यमी सुवोध कुमार गुप्ताले आइटी व्यावसायी तथा क्यानसँगको सहकार्यमा उद्योग व्यावसायलाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

देशलाई डिजिटलाइज्ड गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने समयमा राष्ट्रको बर्तमान राजनितिक परिस्थितीले झन उँदो गतितिर उन्मुख भएको गुप्ताको बुझाई छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहनुभएका गुप्ताले बन्द हड्ताल गरेर उद्योग तथा व्यावसायमा नोक्सानी ल्याउने कार्य कदापी सह्य नहुने बताउनुभयो ।

- Advertisement -

बन्दकर्ताले बन्द गर्दैमा बन्द गर्ने र खोल भन्दैमा खोल्ने प्रवृतिको अन्तय गरी सम्पुर्ण व्यावसायीहरु एकताबद्ध भएर विरोधमा उत्रिन पनि उहाँले आग्रह गर्नुभयो । आर्थिक रुपमा सशक्त भएर एकअर्कासँग हातेमालो गर्दै अगाडी बढ्नुको बिकल्प नरहेको गुप्ताको धारणा छ ।

कार्यक्रममा क्यान महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष हेमन्त चौरसिया, प्रदेश न. २ का अध्यक्ष आलोक कुमार चौरसिया, नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, क्यानका केन्द्रिय सचिब भुपालदास श्रेष्ठ, प्रदेश कोषाध्यक्ष बिनोद साह, क्यानका बारा अध्यक्ष गणेश ठाकुर, बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आइटी र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै अब्दुल कलाम आजाद, बिनोद सर्राफ र भानु वैद्यलाई सम्मान समेत गरिएको थियो ।

क्यान महासंघ पर्साका सचिब जिवन प्रकाश गुप्ताले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जय सकसेनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला उपाध्यक्ष प्रशान्त कुमारले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण कार्यसमिति सदस्य आँशु सर्राफले गर्नुभएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार