मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

प्रचण्ड र ओली दुवै अध्यक्ष मिलेर सचिवालय बैठक बोलाउनुस् : वामदेव गौतम

सिफारिस

काठमाडौं । वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट तुरुन्त राजीनामा दिन आग्रह गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा एकता अभियानमा लागेका गौतमले प्रचण्ड र ओलीलाई पार्टीको सचिवालय बैठक बोलाउन पनि माग गरेका छन् ।

- Advertisement -

उनले राष्ट्रपतिलाई संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि आग्रह गरेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता हिजो अर्थात फागुन ११ गतेका दिन ऐतिहासिक महत्वको रहेको उल्लेख गरेका छन् ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो

गत पुस ५ गते प्रधानमन्त्री ओलीको शिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्स्थापनाको फैसला गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -