मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

छिपहरमाईमा मन्त्रीको स्वागतमा अश्लिल नृत्य, विद्यालय बन्द गरेर शिक्षकहरु जुलुसमा

  • 1.1K
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १५ फागुन । पर्साको छिपहरमाई गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमका लागि विद्यालय नै बन्द गराइएको खबर छ । ओली पक्षिय नेकपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका लागि विद्यालयको पठनपाठन अवरुद्ध गरिएको हो ।
शुक्रबार नेकपाको छिपहरमाई गाउँपालिका कमिटीले स्थानिय नवगाँवा माध्यमिक विद्यालयको पठनपाठन बन्द गरी पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।

- Advertisement -

कार्यक्रममा संघीय सरकारका शहरी विकास मन्त्री प्रभु साह प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए । संघ सरकारका मन्त्री कै उपस्थितिमा विद्यालय बन्द गराएर पार्टी प्रवेश कार्यक्रम आयोजना भएपछि हाल सर्वत्र आलोचना हुन थालेको छ । विद्यालय बन्द गरेर शिक्षकहरु भने नेताहरुको स्वागत जुलुसमा सहभागी हुन गएको विद्यार्थीहरुले बताए ।

- Advertisement -

सामाजिक सञ्जालको फेसबुकमा सार्वजनिक भएका तस्बिरहरुलाई मान्ने हो भने कार्यक्रममा अश्लिल नृत्य पनि प्रदर्शन गरिएको थियो । दलिय कार्यक्रमका लागि विद्यालय बन्द गराएर अश्लिल नृत्य प्रदर्शन गराएको भन्दै हाल कार्यक्रममा सहभागि नेताहरुको चरित्र माथि प्रश्न चिन्ह खडा भएको छ । शिक्षाको अवस्थालाई सुधार गर्ने भन्ने नाराका साथ चुनावमा उत्रिने नेताहरुकै उपस्थितीमा विद्यालयको पठनपाठन अवरुद्ध हुनु लज्जास्पद विषय हो ।

संवेदनशिल क्षेत्र मानिएको विद्यालयमा पार्टीगत कार्यक्रमहरु नगर्न पटकपटक आवाज उठेपनि अराजनीतिक संस्कारका कारण यस्ता घटनाहरु भईरहने सरोकारवालाहरुको भनाई छ ।

एक्कासी विद्यालय बन्द भएपछि नियमित पठनपाठनका लागि विद्यालय पुगेका विद्यार्थीहरुको पढाई प्रभावित भएको थियो । विद्यालय छुट्टी भएपछि घर फर्किइरहेका विद्यार्थीले कार्यक्रमका कारण विद्यालय बन्द भएको प्रतिक्रिया दिएका थिए । सरकारले नै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि सरकारकै मन्त्रीबाट सरकारी घोषणाको खिल्ली उडाइएको हो ।

राजनीतिक कार्यक्रममा भीड जम्मा गर्नका लागि अश्लिल नृत्य प्रदर्शन गर्नु गैरराजनीतिक संस्कारको खुल्ला प्रदर्शन भएको भन्दै सामाजिक सञ्जालको व्यापक आलोचना भईरहेको छ । आफुखुशी नियम मिचेर विद्यालय गर्नु शासकीय प्रवृत्तिको उपज भएको भन्दै सर्वसाधारणहरुले विरोध गर्न थालेका छन् ।

यता, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले भने यो सबै विपक्षीले रचेको खेल भएको टिप्पणी गरेका छन् ।

विपक्षीहरुले विरोध गर्ने अन्य कुनै विषय नभेटेपछि यस विषयलाई उचालेको उनले प्रतिक्रिया दिए । “शुक्रबारका दिन आधा दिन मात्रै पढाई हुन्छ, दिउँसो २ बजेपछि विद्यालय बन्द भयो र कार्यक्रम गरेका हौ,” अध्यक्ष गुप्ताले भने,“विद्यालय बन्द गर्न लगाइएको लगाइएको विषय गलत हो । ”

कार्यक्रममा अश्लिल नृत्य प्रदर्शन भएको उनले स्विकार गरे । उनले अनाहक कुनै वडाबाट नृत्यको टोली ल्याइएको जानकारी गराए । “त्यस किसिमको नृत्य प्रदर्शन हुनु हुदैनथ्यो” भन्दै उनले उत्साहित कार्यकर्ताहरुको समूहले यस्तो गर्न पुगेको बताएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -